Posts

Showing posts from July, 2020

साउने सङ्क्रान्ति अनि एउटा कथा

Image
भर्खर भर्खर दुईतर्फी लभ पर्याथ्यो |  अरुबेला उ आएको परैबाट थाहा पाउने म त्यस दिन, केहि चाल पाइन |  यसै बसिरहेको बेला पछाडी बाट आएर आँखा छोपी |  छाम्दा, मेहेन्दीले गर्दा हुन सक्छ हत्केलाको स्पर्शले ठम्याउनै सकिन |  हात नाडीमा पुग्यो, चुरा छर्लङ्ग बजे, मरिगए भेउ पाइन |  परफ्युमको बासनाले यो पक्कै पनि कुनै केटी मान्छे हुनुपर्छ भनेर अन्त हात लगाउने आँट गर्न सकिन |  धेरै पटक "को हो?"  , भनेर सोधे, पटक्कै साँस फ़ुत्किएन |  बरु झन् दरो तरिकाले आँखा फुट्ने गरि हातहरु कसिए |  भो अब सोध्दीन भनेर बसीराखे |  हार खाइच, खितखित हाँस्दै "कस्तो चिन्न नसकेको? यस्ताले पनि माया गर्छन?", भन्दै हात खुकुलो बनाई र छेउमै आएर बसी |  आफु भने आँखा बेसरी दबिएर होला एकछिन रिंगटा छुटे जस्तो भएर त्यहीं पल्टे |  एकछिन पछि आँखा खोले | "किन आँखा बेस्सरी छोपेको त?", भन्ने मन थियो तर उसलाई देखेपछी बोली नै फुरेन, एकटकले हेरीरहें |  उसो त उसलाई हेर्न लाको ३ वर्ष भन्दा पनि अधिक भैसकेको थियो तर यत्तिको राम्री कहिल्यै देखेको थिएन |  पफ हेयरस्टाइल, आँखामा गाज...